तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगर चार दिने भ्रमणका लागि बुधबार बिहान दक्षिण अफ्रिका प्रस्थान गर्नुभएको छ। 

दक्षिण अफ्रिकाको प्रिटोरिया शहरमा आयोजना गरिएको लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान गर्नुभएको हो ।

उपसभामुख रानाले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्स(आइडिइए), ओपन सोसाईटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा हुने “अफ्रिकामा लोकतन्त्रकोपुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू”। विषयक उच्चस्तरीय संवादमा भाग लिने कार्यक्रम छ ।

उहाँ असार ८ गते स्वदेश फर्किनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button