झापाको जलथल जंगलमा दुर्लभ प्रजातिको कछुवा फेला

भद्रपुर, झापा । झापाको जलथलस्थित चारकोशे जंगलमा कछुवाको एक दुर्लभ प्रजाति फेला परेको छ ।
हल्दिबारी ४ स्थित पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले आइतबार सामुदायिक वननजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा दुर्लभ कछुवा फेला पार्नुभएको हो । उहाँले दुर्लभ कछुवा भेटेलगत्तै आफ्नो वन समूहलाई खबर गर्नुभएको थियो ।
नेपालका चराचुरुङ्गी तथा जीवजन्तु खोज अध्ययन अनुसन्धानकर्ता अस्मित सुब्बाका अनुसार उक्त कछुवालाई स्पटेड नर्थर्न इन्डियन फ्ल्यापशेल टर्टल (उगलअतबतब बलमभचकयलष्) भनेर चिनिन्छ ।
यो नेपालका तराई क्षेत्रहरुमा लगभग ४०० मिटर उचाइसम्म पाइए पनि यस प्रजातिमा क्रोमेटिक ल्युसिज्म देखिनु अत्यन्त दुर्लभ हो । सुब्बाले नै फरेष्ट एक्सन नेपालको अध्ययनका क्रममा जलथल वनमा यसलाई अभिलेख गर्नुभएको थियो । यो विरलै मात्रै भेटिने उहाँले बताउनु भयो ।
उक्त कछुवालाई पाथिभरा कालिका सामुदायिक वन समूहमार्फत जलथल सब डिभिजन वन कार्यालय रंगियाडाँडाका कर्मचारीलाई बुझाएको वन समूहका अध्यक्ष सागर पोर्तेलले जानकारी दिनु भयो ।
प्रतिक्रिया राख्नुहोस्