तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले वेस्ट इन्डिजसँग टी –२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज

काठमाडौँ । नेपालले वेस्ट इन्डिजसँग टी –२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । क्यानको आयोजनामा न्युट्रल भेन्युको रुपमा सारजाहमा यो प्रतियोगिता हुन लागेको जनाइएको छ ।

प्रतियोगिता सेप्टेम्बर २७ देखि सुरु हुनेछ । यो सिरिज नेपालका लागि सन् २०२५ मा हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीमा महत्वपूर्ण अवसर बन्नेछ ।

नेपालले हालसम्म ७६ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल खेलेको छ, जसमा ३७ खेलमा जित र ३६ खेलमा हार बेहोरेको छ । नेपालले विश्वकप क्वालिफायरमा तीन पटक सहभागिता जनाइसकेको छ । टी–२० आइमा भने नेपालले ९९ खेल खेलेको छ, जसमा ५६ खेलमा जित, ४० खेलमा हार र ३ खेल बराबरीमा सकिएको छ । नेपालले सन् २०१४ र हालै सन् २०२४ मा गरी दुई पटक आइसिसी पुरुष टी–२० विश्वकपमा सहभागिता जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button