तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा प्रवक्ता श्रेष्ठद्वारा सांसद विकास कोषमा बजेट नराख्न माग

काठमाडौँ  । राष्ट्रिय सभाका सदस्य एवं सत्तारुढ नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले कोरोना भाइरसको संक्रमणसँग जुध्न सांसद विकास कोषको खर्च नभएको रकम कोरोना रोकथाम कोषमा जम्मा गर्न माग गर्नुभएको छ ।

नेकपा प्रवक्ता समेत रहनुभएका श्रेष्ठले आज ट्विट गर्नुहुँदै सांसद विकास कोषको आवश्यक नभएको मात्र होइन, अनुचित छ भन्दै सो कोषको रकम कोरोना रोकथाममा लगाउन र अबदेखि सांसद कोष शीर्षकमा बजेट नराख्न समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button