तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा स्वाब परीक्षण गरिएका ४३ मध्ये तीन जनाको रिर्पोट नेगेटिभ

सल्यान । भारतलगायत तेस्रो मुलुकबाट आएका सल्यान आएका ४३ जनाको स्वाब परीक्षण गरिएको छ ।  कोरोना भाइरस (कोभिड १९) को शंकास्पद मानिएका व्यक्तिहरुको स्वाब परीक्षण गरिएका हो ।

परीक्षण गरिएका ४३ जना मध्ये अहिलेसम्म तीन जनाको रिर्पोट नेगेटिभ आएको छ भने बाँकीको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

चैत १ गते यता तेस्रो मुलुकबाट आएका सबै र भारत तथा अन्तरजिल्लाबाट आएका मध्ये शंंकास्पद ४३ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताउनुभयो ।

जिल्लामा संकलन गरिएका स्वाबहरु परीक्षणका लागि कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button