तपाईँ सुन्दै हुनुहुन्छः

कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधिसभा बैठक स्थगित 

काठमाडौँ । दलहरुबीचको छलफल र सभामुखको पटक पटकको प्रयासका बीच सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको आजको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

पटक पटक समय सार्दै बेलुका मात्र बसेको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दलहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सभाको अर्को बैठक भोली दिउसो १ बजे बस्ने गरी स्थगित भएको घोषणा गर्नुभयो ।

बैठकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत दलका सांसदले उठेर विरोध गर्नुभएको थियो । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै राजीनामा मागेका विपक्षी दलहरूले गत जेठ १२ गतेदेखि बैठक अवरुद्ध हुँदै आएको छ ।

यसअघि प्रतिनिधिसभाको जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रतिपक्ष र सत्तापक्षीय दलका प्रमुख र मुख्य सचेतकहरूसँग छलफल गरेपनि दुवै पक्ष अडानबाट पछि नहटेका कारण बैठक बस्न सकिरहेको छैन । 

प्रतिनिधिसभाको बैठक सुचारु हुन नसक्दा सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button