कोशी पर्यटन वर्षको अवसरमा पत्रकारहरूलाई विशेष तालिम सुरु
झापा । कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई सार्थक बनाउने उद्देश्यबाट पत्रकारहरूलाई लक्षित गर्दै इलामको करफोकमा तीन दिने विशेष तालिम सुरु गरेको छ ।
सूर्योदय नगरपालिका–११ स्थित खलङ्गा सामुदायिक होमस्टे परिसरमा सुरु गरिएको तालिममा झापा, इलाम, पाँचथर र ताप्लेजुङका ३५ जना पत्रकार सहभागी छन् । उनीहरूलाई पर्यटन पत्रकारिता, स्थानीय संस्कृतिको प्रस्तुति, समाचारको रोचक एंगल र पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका लगायत विषयमा तालिम दिइँदै छ ।
पर्यटन वर्ष घोषणासँगै मिडियाको भूमिकालाई संस्थागत बनाउने हेतुले पर्यटन पत्रकार मञ्च झापा गठन गरिएको र मञ्चकै समन्वयमा पहिलो पटक पर्यटन पत्रकारितासम्बन्धी तालिम आयोजना गरिएको मञ्च अध्यक्ष कमल पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्