योजना आयोगले कोरोेना असरको अध्ययन गर्ने
राष्ट्रिय योजना आयोगले कोरोना भाइरसको कारण मुलुकको समग्र अर्थतन्त्रमा परेको प्रभावका बारेमा अध्ययन गर्ने भएको छ ।
अध्ययनका लागि योजना आयोगले आन्तरिक रुपमा तथा सरकारका अन्य निकायहरु संग परामर्श एवं छलफल अघि बढाएको छ ।
मुलुकको योजना, बजेट तथा मौद्रिक नीति लगायतले अघि सारेका वार्षिक लक्ष्यहरुको कार्यान्वयनमा कोरोनाको प्रभावले परेको असरका बारेमा आयोगले अधययन गर्न आवश्यक ठानी अर्थ मन्त्रालय र उच्चस्तरीय समन्वय समिति लगायतका निकायहरु संग छलफल गरेको योजना आयोगका उपाध्यक्ष प्रा डा . पुष्पराज कँडेले जानकारी दिनु भयो ।
उहाँले सरकारले अनुमती दिए पछि मात्र अध्ययनको प्रक्रिया अघि बढ्ने पनि जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्