तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषधसहित सप्तरीका चार युवक पक्राउ

राजविराज । सप्तरीमा लागुऔषधसहित चार जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुलाई गए राति हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर– १ कोशी ब्यारेजबाट नियन्त्रणमा लिएको हो ।

सप्तरीको कंचनरुप नगरपालिका वडा नम्वर २ बरमझियाका २९ वर्षीय सुरज साह, वडा नम्वर ८ रुपनगरका ३२ वर्षीय दिपेन्द्र क्षेष्ठ, वडा नम्वर ५ का २१ वर्षीय संजय साह र वडा नम्वर १ का १९ वर्षीय कालु साहलाई नियन्त्रण जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स३प ३०१०, को ७प ९३२ र बा ४३प ४६१४ नम्वरको मोटरसाइकलमा सवार भइ गइरहेको युवकहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद भएको हो ।

नाईट्राभेट ट्याबलेट १९ थान र डाईलेक्स सिरफ ६ थान उनीहरुको साथबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button