तपाईँ सुन्दै हुनुहुन्छः

लकाउनमा पत्रकार भन्दै बाइकमा हुँइकिने एक युवक पक्राउ

तुलसीपुर । लकडाउनको समयमा पत्रकार भन्दै बाइकमा हुँइकिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निबासी मेघराज सुनार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बा८७ प १००६ नम्बरको मोटरसाइकलमा पर्सेनीबाट तुलसीपुर तर्फ आइरहेका सुनारलाई घोराही रोडको हात्तीखौवामा चेकजाँच गर्ने क्रममा पत्रकार नभएको पुष्टि भएपछि नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिनुभयो ।

सुनारले खिमबहादुर डीसीको नामबाट रिपोर्टर्स क्लव दाङको रिर्पोटर भएको परिचय पत्र देखाएर पत्रकार भनेका थिए ।

पक्राउ परेका सुनारलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

सुनाकारको वास्तविक नाम र परिचय पत्रमा भएको नाम नमिलेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button