टोकियो र अन्य ६ स्थानमा आपतकालीन अवस्था घोषणा
काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजधानी टोकियो र अन्य ६ मुख्य स्थानमा एक महिना लामो आपतकालीन अवस्था घोषणा गर्नुभएको छ ।
कोरोना भाइरसको संक्रमण रोक्दै जनताको सुरक्षाका लागि यस्तो कदम चालिएको आबेले बताउनु भएको छ ।
यसैबीच, कोराना भाइरस फैलिएको झन्डै चार महिनापछि चीनले पहिलो पटक आज आफ्नो मुलुकमा संक्रमणबाट कसैले पनि ज्यान नगुमाएको बताएको छ ।
चीनको हुबेई प्रान्तको उहान सहरमा यात्रा प्रतिबन्ध फुकाउने तयारी भइरहँदा चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पहिलो पटक कोरोनाबाट कसैले ज्यान गुमाउनु नपरेको प्रष्ट पारेको छ ।
तर, विश्व स्वास्थ्य संगठनल डब्ल्यु एचओले कोरोना भाइरस रोक्न अपनाएका लकडाउन तथा यात्रा प्रतिबन्धलाई तल्काल खुकुलो बनाउन वा हटाउन हतार नगर्न सम्बन्धित मुलुक तथा क्षेत्रलाई आवहान गरेको छ । अहिलेको स्थितिमा त्यसो गरिनु हतार हुने चेतावनी दिएको हो ।







प्रतिक्रिया राख्नुहोस्