नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।
नव नियुक्त गर्भनर महाप्रसाद अधिकारीले प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर राणासँग सार्वोच्च अदालतमा सपथ लिनु भएको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी पाँच बर्षका लागि अधिकारीलाई गभर्नर नियुक्त गरेको हो ।
अर्थमन्त्री डा.युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले आगामी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका ३ जनामा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, महाप्रसाद अधिकारी अधिकारी र पुर्व सचिव राजन खनाल हुनुहुन्थ्यो ।
सिफारिश समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्ने कानुनी ब्यवस्था छ ।
एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नु पर्ने कानुनी ब्यवस्था रहेको छ । समितिले कुल तीन जनाको नाम सिफारिस गरेपछि सरकारले त्यसबाट एक जनालाई गभर्नर नियुक्त गर्नुपर्छ ।
नव नियुक्त गर्भनर अधिकारीले बिजिनेस एड्मिनिस्ट्रेसनमा सन् १९८९ मा स्नातक गर्नु भएको छ भने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टस्को डिग्री हाँसिल गर्नु भएको छ ।अधिकारीले डेपुटी गभर्नरमा पाँच बर्ष सेवा गरेर अवकाश भएपछि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा समेत सेवा गर्नु भएको छ ।
नेपाल राष्ट्र बैककोे वित्तीय ब्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर उहाँले ३० बर्षे अनुभव प्राप्त गर्नुका साथै समस्यामा परेका विभिन्न बैकको नेतृत्व समेत सम्हाल्नु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्