तपाईँ सुन्दै हुनुहुन्छः

अछामकी भूमिसराले ८० वर्षमा पाइन नागरिकता

अछाम। अछामको मंगलसेन नगरपालिका–६ की ८० वर्षीया भूमिसरा भण्डारीले जीवनको उत्तरार्धमा आइपुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्।

नेपालको प्रचलित कानुनअनुसार १६ वर्ष पुगेपछि नागरिकता लिन सकिने व्यवस्था छ। तर, विभिन्न कारणले नागरिकता नपाएकी भण्डारीले ८ दशकपछि बल्ल आफ्नो पहिचान प्रमाणित गर्ने कागज हात पारेकी हुन्।

सानै उमेरमा विवाह भएर श्रीमान्‌सँग रोजगारीका लागि भारत गएकी भूमिसराको माइतीसँग सम्पर्क टुटेको थियो। हालै मात्र माइती पक्ष पत्ता लागेपछि आवश्यक कागजात संकलन गरेर नागरिकताको प्रक्रिया अघि बढाइएको थियो।

अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले उनलाई नागरिकता प्रदान गरेका हुन्। नागरिकता पाएकोमा भण्डारीले गहिरो खुसी व्यक्त गरेकी छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button