विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० वटा नमुना परिक्षण, ६५ को नतिजा नेगेटिभ

सुनसरी । सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रो बायोलोजी ल्याबमा आजसम्म ७० जनाको स्वाब परिक्षण गरिएको छ ।
परिक्षण गरिएका ७० जनाको स्वाब मध्ये ६५ जनाको नतिजा नेगेटिभ आएको छ भने पाँच जनाको े स्वाब परिक्षणको रिपोट आउन बाँकी छ ।
अहिलेसम्म १ नं। प्रदेशका विभिन्न अस्पतालमा नमुना लिएर गरेको परिक्षणमा कसैमा कोरोनाको संक्रमण नदेखिएको परिक्षण गरिएका ७० मध्ये ३१ वटा स्वाब विपि प्रतिष्ठान आफैले लिएको हो भने अन्य स्वाब प्रदेशका विभिन्न अस्पतालबाट आएका हुन् ।
प्रतिष्ठानमा एक पटकमा १२ जनाको स्वाब परिक्षण हुँदै आएकोमा आजदेखि त्यसको संख्या बढाएर १७ पु¥याइएको जानकारी प्रा।डा। नारायण प्रसाद भट्टराईले दिनुभएको छ ।
प्रतिष्ठानमा आएका नमुनाको परिक्षण भइरहेको भन्दै उहाँले अन्य अस्पताले पठाएका स्वाबको परिक्षण तत्काल गरिरहेको बताउनुभयो ।
प्रतिष्ठानको आइसोलेसनमा सोमबार एक जना भर्ना भएका छन् । यस अघि ११ जनालाई प्रतिष्ठानको आइसोलेसनमा राखिएको भएपनि कसैलाई कोरोनाको संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्