तपाईँ सुन्दै हुनुहुन्छः

बसले च्याप्दा बालिकाको मृत्यु

गोरखा । गोरखा सदरमुकाममा बसले च्याप्दा बालिकाको मृत्यु भएको छ । आफू चढेकै ग २ ख ९२५ नम्बरको बसले च्यापेर बालिकाको मृत्यु भएको  र आमाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरिक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो । 

ज्यान गुमाउने बालिका गोरखा नगरपालिका–४ की वर्ष ७ की सुबिना सुर्खेती रहेको स्थानीय अर्जुन प्रताप राणाले बताउनुभयो । 

गोरखा बजारबाट आरुघाटतर्फ गएको बसले च्यापेर बालिकाकी आमा २० वर्षिया विनीता सुर्खेती घाइते भएकी हुन् । उनको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा स्थानीयले अवरोध गरेका छन् । सोही बस चढेर घरतर्फ गएका आमा–छोरी ओर्लने क्रममा बस एक्कासी अगाडी बढाउँदा पछाडिको चक्काले च्यापेर बालिकाको ज्यान गएको र आमा गइभिर घाइते भएकी प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button