कोहलपुर नगरपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
बाँके।कोहलपुर नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र पम्पसेट वितरण गरेको छ।
रैथाने बालीको उत्पादन वृद्धि, बजार प्रवर्द्धन र किसानको आयस्तर उकास्ने उद्देश्यले नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १९ थान मिनीटिलर र ८० थान पम्पसेट वितरण गरेको हो।
कोहलपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक यज्ञबहादुर रोकायका अनुसार वडा नं. १ देखि १५ सम्मका किसान, कृषि फार्म, कृषक समूह तथा केही कृषि सहकारीलाई उपकरण वितरण गरिएको हो।
नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले कृषि पेसालाई आधुनिकीकरण गर्दै स्थानीय किसानलाई व्यावसायिक कृषि तर्फ आकर्षित गर्न उपकरण वितरण गरिएको बताइन्। उनले वितरण गरिएका उपकरणको प्रभावकारी सदुपयोग गर्न किसानलाई आग्रहसमेत गरिन्।
भेरी ज्येष्ठ नागरिक कृषक समूहका अध्यक्ष मोहन रिजालले कोहलपुर नगरपालिकाले अनुदानमा कृषि उपकरण उपलब्ध गराएर किसानलाई सहयोग गरेको बताए।








प्रतिक्रिया राख्नुहोस्