विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ
सप्तरी । सप्तरी प्रहरीले विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लुकिछिपी गाउँघरमा बस्दै गरेको अवस्थाबाट उनीहरुलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विभिन्न मुद्दामा दोषी ठहर भई सजाय पाए पश्चात् फरार भएका ती प्रतिवादीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा ठगी मुद्दामा २ वर्ष ११ महिना १० दिन कैद भएका सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर २ का सुमन्त कुमार मिश्र , लेनदेन बिगो मुद्दामा १ वर्ष कैद सजाय भएका डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ का सन्तोष कुमार साह र लेनदेन बिगो मुद्दाकै २ महिना कैद सजाय पाएका तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ३ का बद्री मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्