तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो

काठमाडौँ | स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार २०० ले बढेको छ ।

गत शुक्रबार प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज रु दुई लाख ९३ हजार २०० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी रु चार हजार ८४० मा कारोबार भएको थियो । गत शुक्रबार रु चार हजार ८९५मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button