वन क्षेत्रबाट अवैध रुपमा गिट्टी–बालुवा लोड, दुई वटा टिपर प्रहरी नियन्त्रणमा
बीरगंज । वन क्षेत्रबाट अवैध रुपमा गिट्टी–बालुवा लोड गरिएका दुई वटा टिपर गाडी प्रहरीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ पारस चोकबाट नियन्त्रणमा लिएको छ ।
टिकुलियाबाट वीरगन्जतर्फ आउँदै गरेका ना १ क ९९६७ र प्रदेश २–०३–००१ क ०९३५ नम्बरको टिपर गाडी र्ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रहरी टोलीले शनिबार साँझ पारस चोकबाट चालकसहित नियन्त्रणमा लिएको हो ।
पारस चोकमा प्रहरीले ती दुवै टिपर रोकेर चेकजाँच गर्दा चालकसँग गिट्टी–बालुवाको बिलबिजक नभएपछि चालकसहित दुवै टिपर नियन्त्रणमा लिइएको र्ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिनुभयो ।
चालकसहित नियन्त्रणमा लिइएका ती दुवै टिपरलाई ईलाका प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्