तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले बिहीबार राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ। 

मूल्य घटेसँगै काठमाडौँमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button