जीवनको पाँच दशकभन्दा बढी पुग्नै लाग्दा धनाले पाइन् नागरिकता
बाजुरा। बाजुराको गौ मूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुरामा ५५ वर्षिया वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो।विगत लामो बर्ष देखि नागरिकता बनाउने प्रयास गरिएको भए पनि सनाखत गर्ने कोही नहुँदा वादीले यस अगाडि नागरिकता प्राप्त गर्न सक्नु भएको थिएन ।

माइती घर डोटीको सिलगढी भए पनि विवाह गरेर बाजुरा पुगेकी वादीका श्रीमानको मृत्यु भइसकेको र आफन्त कोही नभएपछि नागरिकता पाउनबाट वञ्चित हुँदै आउनुभएको थियो।
नेपालकै नागरिक भएको र स्थायी बसोबास गर्दै आउनुभएकी वृद्ध महिलालाई कानुनी प्रावधान पुरा गरी नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।
बुढेसकालमा भए पनि नागरिकता उपलब्ध भएपछि धना वादी निकै खुशी हुनुभएको छ।अब राज्य बाट पाउने सेवा सुविधा लिन सकिने विश्वास पलाएको वादिले खुशी ब्यक्त गर्दै बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्