चितवनको खैरहनीमा डिसइन्फेक्सन छर्न सुरु
चितवन -कोरोना भाइरसको संक्रमणले संसारभरि महामारीको रुप लिइरहदा यसको रोकथामको प्रयास पनि शुरु भएको छ । कोभिड–१९को संक्रमण हुन नदिन सबैले सतर्कता अपनाईरहदा पुर्वी चितवनको खैरहनी नगरपालिकामा सरसफाईमा विशेष ध्यान दिन थालेको छ ।
खैरहनी नगरपालिका वडा नम्वर १२ र १३ ले आफ्नो वडा भित्र सोडियम क्लोराईड मिसाएर ब्लिच गरेको पानी छर्किएको छ । वडाले कोरोना रोकथामको लागि विभिन्न गतिविधि सञ्चालन गरेको वडा नम्वर १३का वडा सदस्य जीवन कार्कीले जानकारी दिनु भएको छ ।
यस्तै खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन समितिले आफ्ना २१ सय उपभोक्तालाई उपभोक्ताको घरघरमै पुगेर कोरोना वारे सचेतना फैलाउदै प्रति घर ५ ओटा सावुन र माक्स वितरण गरेको सामुदायिक वनका उपाध्यक्ष सानोकाजी कुवरले जानकारी दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्