तपाईँ सुन्दै हुनुहुन्छः

राप्तीसोनारी तराईको आधार इलाका भएको प्रचण्डको उद्घोष

बाँके । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान अन्तरगत आज बाँकेको राप्तीसोनारीमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै भन्नुभयो, राप्ती सोनारी र नरैनापुर नेपाली जनक्रान्तिको इतिहासमा एउटा ठूलो भूमिका खेलेको क्षेत्र भएको बताउनु भयो । परिवर्तनका निम्ती जनयुद्धका बेला राप्ती सोनारी र नरैनापुरमा गरी ७३ जनाले ज्यान गुमाएको स्मरण गर्दै उहाँले भन्नुभयो,यसलाई तराईको आधार इलाकाको रुपमा बुझिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो,तपाईँहरूको योगदान बिना यो परिवर्तन सम्भव थिएन । झापाको सबै भन्दा होचो ठाउँबाट सुरु भएको जागरण अभियान यहाँ सम्म पुग्दा १ करोड नागरिक सँग संवाद गरेको प्रचण्डले बताउनु भयो । जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन्।”

सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा माओवादी नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उहाँले बताउनुभयो । प्रचण्डले “हामी राम्रो काम गर्दै थियौँ, तर उनीहरूले हाम्रो सरकार हटाइदिए । तर जनताले त्यो कुरा प्रस्ट बुझिसकेका छन् । हामीले प्रचारप्रसार गर्नै परेन । मैले विश्वासको मत प्राप्त गरेरै जनतासँग संवाद गरेको थिएँ । ठूलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो । यो कुरा जनताले राम्रोसँग बुझेका छन् ।,” राप्ती सोनारी र नरैनापुरमा सिक्टा सिचाई र राप्ती नदीमा तटबन्ध निर्माणका लागि सदनमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

अभियानले तराई मधेशमा बस्ने जनताको पहिचान, आत्मसम्मान र अधिकारलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै प्रचण्डले मधेशी,मुस्लिम, थारु र मगर समुदायको बीचमा गहिरो सम्बन्ध स्थापित हुने बताउनु भयो । अभियानका क्रममा यस क्षेत्रका जनताका समस्याको गहिरो अध्ययन गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुषाल, सचिवालय सदस्य पूर्ण सुबेदी, केन्द्रीय सदस्य महेश्वर गहतराज अथक र कृष्णा केसी नमूना लगायतको सहभागिता रहेका कार्यक्रमका सञ्चालन थारु मुक्ति मोर्चाका बाँके संयोजक राम लखन थारुले गर्नु भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button