कोरोना प्रभावः भोजपुरमा ३ जनामा शंका, २ सय १८ क्वारेन्टाइन वेड निमार्ण
भोजपुर -विश्वभरी फैलिएको कोरोना भाइरस नियन्त्रणका लागी भोजपुर जिल्लाभरी २ सय १८ क्वारेन्टाइन र ६ वटा आइसुलेशन वाड स्थापना गरीएको छ । कोरोना नियन्त्रणका लागी तयारी स्वरुप जिल्ला अस्पतालमा ८ वेडको क्वारेन्टाइन र २ वाडको आइसुलेशन, भोजपुर नगरपालिकामा १०० वेडको. क्यारेन्टाईन, षडान्नद नगरपालिकामा १० वेडको क्वारेन्टाइन, साल्पासिलिछो गाउँपालिकामा २० वेडको क्वारेन्टाईन, अरुण गाउँपालिकाम ३० वेडकोे क्वारेन्टाईन, ५ वेडको आइसुलेशन, आमचोक र हतुवागढि गाउँपालिकामा ५र ५ वेडको क्वारेन्टाईन, रामप्रसादराई गाउँपालिकामा ५० वेडको क्वारेन्टाइन र २ वेडको आइससुलेशन वाड तयार गरीएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाका अन्य स्थानीय तहले निमार्ण गरेको क्वारेन्टाइन र आइसुलेशन वाड पुर्ण तयारी एव मापदण्ड अनुसार निमार्ण नभएकाले पुनं निमार्णको चरणमा रहेका छन् । हालसम्म जिल्लामा ३ जनालाई कोरोना भाइरसको संक्रमण शंका गरेको भएता पनि पुष्टि भने भएको छैन् । शंका गरीएको ३ जना विदेशबाट आएका हुन् । उनीहरुको स्वास्थ्य परीक्षण भइरहेको तर अहिले सम्म कुनै लक्षण फेला नपरेको सम्बन्धित स्वास्थ्य कार्यालयहरुलाई उदृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख थापाले बताउनु भयो ।
कोरोनाको लक्षण शंका लागेको अरुण गाउँपालिका ४ चरम्बीका ३५ बर्षीय युवा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका छन् भने षडान्नद नगरपालिकामा ३० बर्षीय र २१ बर्षीय २ जना युवालाई स्वास्थ्य चौकी दिङलाको क्वारेन्टाइन वेडमा राखेर उपचार भएरहेको छ । उपचाररत उनीहरुलाई हालसम्म कोरोनासम्बन्धि कुनै लक्षण फेला नपरेको हुदा डा.को सल्लाहबमोजिम घरमै आराम गरेर बस्न आग्रह गरीएको छ ।
जिल्लामा निमार्ण भएका सम्पुर्ण क्वारेन्टाईनका वेडहरु र आइसुलेशन वाड कोरोना नियन्त्रण सम्बन्धि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार निमार्ण भएको समेत स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख थापाले बताउनु भयो ।
कोरोना परीक्षणका लागी जिल्लाभरीका ६३ स्वास्थ्य सस्था र जिल्ला प्रवेशको मुख्य नाकाहरु जरायोटार, एयरर्पोट, आमचोक र हतुवागढिमा हेल्थडेक्स सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्