तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका पहाडी जिल्लामा काफल पाक्न थालेपछि जंगलमा चहलपहल

बाजुरा।बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा काफल पाक्न थालेका छन्।

नेपालका पहाडी क्षेत्रमा लोकप्रिय फलका रूपमा चिनिने काफल यो वर्ष वैशाखको पहिलो साताबाट पाक्न थालेको बडीमालिका नगरपालिका–५ का स्थानीय सुरेश चदाराले जानकारी दिनुभयो। काफल पाक्ने समय वैशाखमै भए पनि केही ठाउँमा चैतुवा काफल चैतको दोस्रो सातादेखि नै पाक्न थालेको थियो।

काफल पाक्न थालेपछि जंगलमा काफल टिप्न जाने स्थानीयको चहलपहल बढेको छ। बाजुराका नौवटै स्थानीय तहसँगै सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा काफल प्रशस्त मात्रामा पाइन्छ।

स्वादमा मिठास, खटास र अलिकति कसिनोपन हुने काफलमा प्राकृतिक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। काफलले पाचन प्रणाली सुधार गर्नुका साथै रक्तचाप नियन्त्रण र छालाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताइन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button