‘लकडाउनबाट देशलाई मुक्त गर्न सबैको भूमिका महत्वपूर्ण’
नेपाल उद्योग वाणिज्य महासंघले कारोना संक्रमणको महामारीलाई समयमै नियन्त्रण गरी देशलाई जतिसक्दो छिटो लकडाउनको अवस्थाबाट मुक्त गर्न सबै नेपालीको भूमिका महत्वपर्णू हुने विश्वास व्यक्त गरेको छ ।
महासंघले आज एक अपिल प्रकाशित गरी अत्यन्त जोखिम मोलेर उद्योग संचालन गरिरहेका उद्योगीहरूले उत्पादन गरेका वस्तुहरू एक जिल्लाबाट अर्को जिल्लामा लैजादा समस्या व्यहोर्नु परेकाले आपूर्तिमा संलग्न उद्यमी व्यवसायीहरूलाई आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन स्थानीय प्रशासन र प्रहरी समक्ष अनुरोध समेत गरेको छ ।
महासंघले अत्यावश्यक वस्तु तथा सेवासंग सम्बन्धित उद्योग व्यवसायले अझ बढी उत्पादनहरू बढाई उत्पादित वस्तु निर्वाध रूपमा मुलुकभर पुर्याउने कार्यमा सबै श्रमिक कामदारहरूबाट सदाझैं महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरेको छ ।
महासंघले सुरक्षाका सबै उपायहरू अवलम्वन गर्दै उत्पादन प्रक्रिया र आपूर्ति व्यवस्थापनमा सहभागी भई कठिन अवस्थामा मुलुकलाई सहयोग गर्न सम्पूर्ण श्रमिक कामदारहरुमा अपिल समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्