तपाईँ सुन्दै हुनुहुन्छः

मकै खेतीबाट मनग्गे आम्दानी गर्दै हिरमिनियाका किसान

बाँके । बाँकेको डुडुवा गाउँपालिका– ६ हिरमिनियाका किसान मकै खेतीतर्फ आकर्षित भएका छन् । वर्षौँदेखि तरकारी खेती गर्दै आएका उनीहरूले पछिल्लो समय मकै खेती गर्न थालेका छन् । 

दुई सय ५० हेक्टर जमिनमा किसानले मकै रोपेका छन् । डुडुवा गाउँपालिका– ६ भङ्घोटनाका जयपाल मौर्यले भन्नुभयो, आलु खने लगत्तै बेमौसमी मकै लगाएको बताउँदै उहाँले भन्नुभयो, बसन्ते, बर्खे र हिउँदे समयमा समेत मकै नै लगाउने गरेको जानकारी दिनु भयो । 

मौर्यका अनुसार मकैमा राम्रो आम्दानी हुने गरेको बताउँदै उहाँले भन्नुभयो एक कठ्ठामा ४ क्विन्टल मकै उत्पादन हुने गरेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारी र मकै पकेट क्षेत्र बनाएसँगै यहाँका किसानले मकैखेतीमा जोड दिएको मौर्यको भनाई छ ।

उहाँले ‘तरकारी खेतीभन्दा मकैबाट धेरै फाइदा हुने भएपछि हिरमिनियाका अधिकांश किसान यसतर्फ आकर्षित भएका छन्,’ । २० वर्ष पहिला ३० कट्ठा जमिनबाट मकै खेती सुरु गरेका मौर्यले अहिले ९० कट्ठामा मकैखेती गरेको जानकारी दिनु भयो । उहाँले खेतको राम्रो हेरचाह गरेको खण्डमा राम्रो उत्पादन गर्न सकिने उल्लेख गर्नु भयो । बाँकेको अन्य ठाउँका खेतबारी बाँझो भए पनि हिरमिनियाका अधिकांश खेतबारीमा मकै र तरकारीले हरियाली छाएको छ । कम जग्गा भएकाहरू तरकारी खेती गरी आफै बजारमा लगेर बिक्री गर्ने गरेको बताउँदै उहाँले भन्नु भयो,‘हामी पनि पहिले तरकारी खेती गर्थ्यौँ । मकैबाट राम्रो फाइदा भएपछि तरकारी खेती छाड्यौँ ।,’

हिरमिनियाका किसानले मकै खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । मकैलाई नगदे बालीका रूपमा लिएका हिरमिनियाका किसानले मकैखेती गर्न आधुनिक कृषि प्रविधिको प्रयोगसमेत गर्दै आएका छन् । आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादनमा वृद्धि भएको छ नै श्रम र लागतमा समेत कमी आएको छ । मौर्यले भन्नुभयो, बाहिर मजदुरी गर्न जाने महिला पुरुषलाई स्थानीय स्तरमा रोजगारी दिएर विदेश जानबाट रोक्ने काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “हाम्रो मोर्निङ वाक खेतमा काम गरेर बित्ने गरेको छ । मौर्यले,मकैको बिउ छर्ने, गोडमेल गर्ने, खोसेल्टा नङ्ग्याउने, दाना छोडाउने लगायतको कामका लागि स्थानीयलाई अवसर दिने गरेको बताए ।” 

उहाँले भन्नुभयो,‘मकै नगदे बाली हो । समयमा बिक्री गर्न नसक्ने हो भने तरकारी कुहिएर खेर जान्छ, तर मकै लामो समय राख्न र मूल्य बढेको वेला बिक्री गर्न सकिन्छ । कुहिने र सड्ने खतरा रहँदैन ।,’ 

मकै र तरकारीले हिरमिनियाले आफ्नो परिचय मात्र बनाएको छैन, यहाँका किसानले मनग्गे आम्दानीसमेत गर्दै आएका छन् । थोरै जमिनबाट धेरै आम्दानी गरेकै कारण हिरमिनियाका किसानलाई खान, लाउन पुगेको छ । तरकारी र मकै खेतीका लागि सिचाईको उचित व्यवस्था नहुँदा किसानलाई समस्या भए पनि स्थानीयले आफ्नै लगानीमा डिप बोरिङ जडान गरेर सिचाई गर्दै आएको मौर्यले सुनाए । सिक्टा सिचाई आयोजनाको नाम सुन्ने गरे पनि कहिले आउने हो थाहा नभएको बताउँदै मौर्यले भन्नुभयो, सिक्टाका लागि जमिन छुट्टियाइ सकिएको छ सरकारले सिचाईको व्यवस्थामा गरिदिए खेतीका लागि सहज हुने थियो ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button