तपाईँ सुन्दै हुनुहुन्छः

यूएईका परराष्ट्रमन्त्री आज नेपाल आउँदै

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यान औपचारिक भ्रमणका लागि नेपाल आउन लाग्कानुभएकाे छ। उहाँ मंगलबार साँझ चार्टर्ड विमानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

नेपाल भ्रमणको क्रममा शेख अब्दुल्लाहले प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी लगायत उच्च पदस्थ सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

परराष्ट्र मन्त्रालयले उहाँको भ्रमणका लागि आवश्यक सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुर्‍याएको छ।
शेख अब्दुल्लाहले दुई दिने नेपाल भ्रमण सकाएर बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यसैबीच, नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवा हाल बैंकक भ्रमणमा रहनुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button