तपाईँ सुन्दै हुनुहुन्छः

बी डिभिजन लिग : श्री कुमारी क्लब छैटौँ स्थानमा 

काठमाडौँ । सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौँ स्थानमा उक्लिएको छ । सोमबार टुसाल युथ क्लबलाई श्री कुमारीले २–१ गोल अन्तरले हरायो ।

एन्फा कम्प्लेक्समा भएको खेलको ११ औँ मिनेटमा श्री कुमारीले अग्रता बनायो । निशान्त प्रधानले ११ औँ मिनेटमा गोल गरे। पहिलो हाफ १–० को नतिजामा सकियो ।

खेलको ७६ औँ मिनेटमा विनोद धमालाको गोलमा श्री कुमारीले अग्रता दोब्बर गर्‍यो। त्यसपछि खेल सकिन ६ मिनेट बाँकी रहँदा सुजन माझीले टुसालको लागि गोल फर्काए। तर यो गोल सान्त्वना गोलमा सीमित भयो ।

श्री कुमारीको यो तेस्रो जित हो। सात खेलबाट ९ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ । टुसालको भने यो चौथो हार हो । १ जित र ३ बराबरीमा ऊसँग ६ अंक रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button