उद्योग वाणिज्य महासंघद्वारा ५० लाख हस्तान्तरण
भुवनप्रसाद आचार्य । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना साहायता केन्द्रीय राहत कोषमा ५० लाख नगद रकम हस्तान्तरण गरेको छ ।
महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले ५० लाख बराबरको नगद बुझाउनुका साथै १ करोड बराबरका अन्य सामाग्री संकलन गरी बुझाउने प्रतिवद्धता जनाएको छ ।
महासंघले उप्रधानमन्त्री इश्वर पोखरेलललाई सिहदरबारमा भेटी सहयोगको ५० लाखको चेक हस्तान्तरण गरेको छ ।
आफूहरुले ५० लाख रकम बुझाउनुका साथै १ करोड बराबरका स्वास्थ्य लगायतका अन्य सामाग्री संकलन गरी छिट्टै बुझाउने प्रतिवद्धता जनाएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिनु भयो ।
महासंघले मास्क, स्यानिटाइजर, पन्जा, दाल चामल लगायतका खाद्यान्न पनि हस्तान्तरण गर्ने तयारी भएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्