तपाईँ सुन्दै हुनुहुन्छः

एआइजी बढुवाको लागि ६ जनाको नाम सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त एआईजीमा ६ जना डिआइजीलाई बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको आज बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।

एक नम्बरमा चन्द्रकुबेर खापुङ सिफारिस हुनुभएको छ भने लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीलाई एआइजी बढुवाको सिफारिस गरिएको हो । 

आचार्य र पोखरेल सिनियर ब्याचबाट बढुवा सिफारिस भएका हुन भने १११ को ब्याचबाट कार्की, अधिकारी र केसीको बढुवा सिफारिस भएको हो । 

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

अत्यधिक चर्चामा रहेको अनुसन्धान विभागबाट समायोजन भएकाहरू कोही पनि बढुवा सिफारिसमा परेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button