तपाईँ सुन्दै हुनुहुन्छः

मानव अधिकार आयोगले विपद्पश्चात्को अवस्था अनुगमन गर्ने

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले हालैको विपद्पश्चातको मानव अधिकारको अवस्था अनुगमन गर्ने भएको छ ।

आयोगले विपद्पश्चातकाे मानव अधिकार अवस्थाको अनुगमन गर्न केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयबाट छुट्टा छुट्टै दुईवटा टोली प्रभावित जिल्लाहरूमा खटाएको आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीद्वारा जारी  विज्ञप्तिमा उल्लेख छ ।

यही भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ लगायत जिल्लाका १५ वटा पालिकाहरूमा जनधनको ठूलो क्षति पुग्न गएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको पनि आयोगले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button