तपाईँ सुन्दै हुनुहुन्छः

कोराना भाईरसबाट विश्वभर २८ हजार ६०० बढीको मृत्यु

काठमाडौं । विश्वभर फैलिएको कोराना भाईरसका कारण मृत्यु हुनेको सख्यां २८ हजार ६०० नाघेको छ भने सक्रंमितको सख्ंया ६ लाख १४ हजार ८८४ पुुगेको छ । संक्रमितमध्ये १ लाख ३२ हजार ६८८ मानिस निको भएर घर फर्केका तथ्याङ छ ।

निकै नै सचेत रहेको भनिएको अमेरिकामा यस भाईरसका कारण मर्नेको सख्या १७ शय ११ पुुगेको छ भने सक्रमितको सख्या १ लाख नाघिसकेको छ । संक्रमितको सख्ंया बढ्ने क्रम जारी रहेपछि अमेरिकाका चिकित्सकहरुले चिकित्सकीय सामानहरुको अभाव भएको बताएका छन् ।

चिकित्सकीय सामग्रीको अभाव देखिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ रहेका मोटर कम्पनीहरुलाई अहिले मोटरका सामग्री बनाउने मुुर्खता त्यागेर कोरोनाका बिरामीलाई आवश्यक भेन्टिलेटर उत्पादन गर्न निर्देशन दिनुुभएको छ ।

यसैगरी, ईटलीमा कोरोना भाईरसका कारण एकैदिन मृत्युु हुनेको सख्ंया ९१९ पुुगेपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएको विश्लेषकहरुको भनाई छ । हालसम्म कोरोना भाईरसका कारण ईटलीमा सबैभन्दा बढी ९ हजार १३४ को मृत्यु भईसकेको छ ।

उता स्पेनमा पनि एकैदिन ८३२ जनाको मृत्युु भएको खबर छ ।

यसैबिच, पहिलो पटक कोरोना भाईरसको सकं्रमण देखिएको उहान शहरमा दुुई महिनापछिको लकडाउनपछि आज आशिंक रुपमा शहरलाई आवतजावतको लागि खुकुुलो पारिएको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २९५ जनाको मृत्यु भएको थियो भने ८१ हजार ३९४ जना सङ्क्रमित रहेका छन् । ७४ हजार ९७१ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

यसैबीच, अफगानिस्तानमा पनि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ११० पुगेको छ ।

उता, संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका राष्ट्रसघंले जनाएको छ ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन् । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button