नेपाल टेलिभिजनकर्मी भोज विश्वकर्मालाई पितृशोक
काठमाडौँ।नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष भोज बहादुर विश्वकर्मालाई पितृशोक परेको छ ।
उहाँका पिता देवेन्द्रलाल बिश्वकर्माको ५९ वर्षको उमेरमा सोमवार बिहान निधन भएको छ । केही समयदेखि मुटु रोगको उपचार गराउँदै आउनुभएका उहाँलाई नवलपुर देबचुलीस्थित आफ्नै निवासमा ह्दयघात भएको थियो ।
स्वर्गीय बिश्वकर्माका श्रीमती, एक छोरा र २ छोरी हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्