तपाईँ सुन्दै हुनुहुन्छः

पाँच हजार भन्दा बढी अफगानी नागरिक स्वदेश फिर्ता

पाकिस्तान । पाकिस्तानबाट तोरखाम सीमा हुँदै पाँच हजार २३६ जना अफगान नागरिक स्वदेश फिर्ता गरिएको जियो न्युजले अध्यागमन अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

file photo

 अधिकारीहरूका अनुसार स्वदेश फर्केका मध्ये ३,८६५ जना अफगान नागरिक स्वेच्छाले “लाँदी कोटाल ट्रान्जिट क्याम्प” पुगेका थिए भने  पन्जाबमा पक्राउ परेका १०७ जना अफगान नागरिकलाई निर्वासनका लागि तोरखाम लगिएको थियो । उनीहरूले अन्य २९५ जना अफगान नागरिकलाई जम्मू–कश्मीरबाट निर्वासित गरिएको जनाएका छन् ।

 स्वदेश फिर्ता अभियानको क्रममा कानुन बमोजिम बसोबास गर्दै आएका अफगानीहरूलाई पनि स्वदेश फिर्ता पठाइएको जनाइएको छ ।  पाकिस्तानी राज्यमन्त्री तलाल चौधरीले अफगान नागरिकलाई सम्मानजनक रूपमा फिर्ता गरिएको बताउनु भएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले अफगान नागरिकको सुविधाका लागि पाकिस्तानका सबै प्रान्तमा “ट्रान्जिट प्वाइन्टहरू” तथा “हेल्पलाइन” हरू स्थापना गरिएको बताउनु भएको छ ।  अवैध नागरिकको फिर्ता प्रक्रिया मार्च सम्मको लागि तोकिएको र सोही समयमै अभियान पूर्ण गर्ने बताउनु भएको छ ।  

उहाँका अनुसार हाल सम्म  आठ लाख ५७ हजार १५७ अवैध विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाइएको छ । पाकिस्तानी सरकारले उनीहरूलाई मार्च ३१ सम्म देश छोड्न समय दिएको बताउँदै थप समय उपलब्ध नगरिने उल्लेख गर्नु भयो । उहाँले स्वदेश फर्केका अफगान नागरिकले वैध पासपोर्ट र भिसा भएको अवस्थामा पाकिस्तान भ्रमण गर्न, काम गर्न र बस्ने सम्भावना भने कायम रहेको बताउनु भएको छ ।  

 उहाँले सन् २०२३ अक्टोबर देखि अवैध विदेशी नागरिकलाई स्वदेश फिर्ता गर्ने नीति लागु भएको स्मरण फिर्ती अभियान चरणबद्ध रूपमा सम्पन्न गरिने बताउनु भएको छ । 

पहिलो चरणमा पाकिस्तानले कानुनी कागजातहरू बिना अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाएको थियो । दोस्रो चरणमा, आवश्यक कागजात भएकाहरुलाईसमेत पठायो । त्यसै गरी तेस्रो चरणमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेका नागरिकलाईसमेत स्वदेश फिर्ता पठाइने जियो न्युजले जनाएको छ ।

 दशकौँसम्म लाखौँ अफगान नागरिकलाई आतिथ्यतासहितको बसोबास अनुमति दिए पछि हाल पाकिस्तानले यो निर्णय गरेको उहाँले बताउनु भएको छ । मन्त्री चौधरीले अफगान नागरिकहरू पाकिस्तानमा लागुऔषधको व्यापार र आतङ्कवादी गतिविधिलगायतमा संलग्न रहेकाले अभियान तीव्र पार्नु परेको स्पष्ट पार्नु भएको छ ।  रासस/एएनआई 

प्रतिक्रिया राख्नुहोस्

Back to top button