तपाईँ सुन्दै हुनुहुन्छः

 चिसापानीमा बस दुर्घटना : ७ जनाको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारस्थित धरान–चतरा सडकखण्डमा भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाको अगुवा कृषक भ्रमणमा गइरहेको बस बुधबार राति दुर्घटनामा परेको छ।

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको रिजर्भ बस राति करिब ९: ३० बजे सडकको घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको हो। बसमा चालकसहित ३१ जना सवार थिए।

दुर्घटनापछि तत्कालै प्रहरी चौकी हातिसुडेबाट प्रहरी नायव निरीक्षक जनकबहादुर तामाङ र इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी नायव निरीक्षक रामशरण दुलालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले सबै घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल तथा अन्य अस्पतालहरूमा पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

घटनामा परी गम्भीर घाइते भएका सात जनालाई चितवनका विभिन्न अस्पतालहरूमा रिफर गरिएको छ। अन्य घाइतेहरू मध्ये केहीको अवस्था मध्यम रहेको छ भने अधिकांश सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

घटनामा परि गम्भीर घाइते भएकाहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सहचालक सतिस दाहाल सामान्य चोटसहित उपचारपछि प्रहरी नियन्त्रणमा रहेका छन् भने चालक भने हालसम्म फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button