तपाईँ सुन्दै हुनुहुन्छः

दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले दिवङ्गत स्वर्गीय पत्रकार सुरेश रजकको सम्झनामा आज बेलुका माइतीघरमा मण्डलामा दीप प्रज्वलन गरेको छ । 

महासङ्घको अगुवाइमा पत्रकारहरूले माइतीघर मण्डलामा दीप प्रज्वलन गरी यही चैत १५ गते दिवङ्गत हुनुभएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

पत्रकारहरूले सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए । पूर्व राजाका समर्थकहरूले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्यु भएको थियो । 

त्यसैगरी महासङ्घका उपाध्यक्ष उमितप्रसाद वाग्चनको प्रतिनिधिमण्डलले दिवङ्गत पत्रकार रजकको १३औँ पुण्यतिथिमा आज परिवारलाई भेट गरी समवेदना पनि व्यक्त गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button