तपाईँ सुन्दै हुनुहुन्छः

जयगढ आगलागी: सुदूरपश्चिम प्रदेश सरकारद्वारा पीडितका लागि रु ५० लाख राहत

धनगढी  । सुदूरपश्चिम प्रदेश सरकारले अछामको जयगढ बजारमा भएको आगलागी (पीडित) प्रभावितका लागि ५० लाख उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले तत्कालका लागि राहत स्वरूप आगलागी प्रभावितका लागि ५० लाख रकम उपलब्ध गराउने निर्णय गरेको सामाजिक विकास मन्त्री मेघराज खड्काले बताउनु भयो । 

उहाँले प्रदेश विपद व्यवस्थापन कोषबाट तत्काल आगलागी प्रभावितका लागि ५० लाख रुपैयाँ बान्निगढी जयगढ गाउँपालिकालाई उपलब्ध गराइने बताउनु भयो ।

 मन्त्री खड्काले आगलागीबाट भएको क्षतिको एकिन विवरण सङ्कलन गरि यथाशीघ्र पठाउन मातहतका निकायलाई निर्देशन गरिएको बताउनु भयो । 

मङ्गलवार साझ भएको आगलागीबाट जयगढ बजारका दुई दर्जन भन्दा बढी घर पसल जलेर नष्ट भएका छन् । प्रारम्भिक विवरण अनुसार आगलागीबाट व्यापारी पसल सहित गरि करिब ७ करोड बराबरको क्षति भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button