पर्वतमा बिदेशबाट फर्किएकालाई अस्पतालमा आउन आग्रह
पर्वत-पर्वतका गाउँ गाउँमा बिदेशबाट फर्किएकाहरुलाई अस्पतालमा आएर स्वास्थ्य परिक्षण गर्न पर्वत अस्पतालले आग्रह गरेको छ । स्थानीय सरकारहरुले बिदेश बाट फर्किएकाहरुको विवरण संकलन गरिरहेका छन् । उनीहरुलाई होम क्वारेण्टाईनमा बस्न भनिएको छ । तर, अस्पतालले भने उनीहरुमा कुनै लक्षण नदेखिएको ग्यारेण्टी गर्न जाँचका लागि आउन अनुरोध गरेको हो ।
बिदेशबाट घर फर्केपछि घरमै बसेकाहरुलाई तत्कालै स्वास्थ्यकर्मी संग सम्पर्क गरि नियमित रुपमा स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिनुपर्ने भएकाले अस्पतालको सम्पर्कमा आउनका लागि आग्रह गरिएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।
पर्वत जिल्लामा पछिल्लो बिबरण अनुसार चैत्र महिनाको शुरुवात देखि एक सय जना भन्दा बढी बिदेशबाट फर्केका छन । यो संख्या दोब्बर हुनसक्ने अनुमान गरिएको छ । यसरी फर्किकाहरु घरै बसिरहेका र गाउँघरमा डुल्ने तथा भोजभतेरमा समेत सामेल भएका छन । उनीहरुमा कोरोनाको संक्रमण नभएपनि अनिर्वाय रुपमा १४ दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्छ ।
। ज्वरोको घटबढका आधारमा संक्रमण भएको देखिएमा स्वाब संकलन गरेर पठाउनुपर्ने हुन्छ । त्यसैले अस्पतालको सम्पर्कमा नै आउन अनुरोध गरिएको डा. देवकोटाले बताउनुभयो । बिदेशबाट घर फर्केका केहीमा ज्वरो समेत आएको पाइएको डा. देबकोटाले बताउनुभयो ।
फलेबास नगरपालिकामा ६५ जना मानिस चैत्र महिना लागेपछि घरमा आएको भेटिएका छन ।
फलेबासले उनीहरुलाई अस्पतालको सम्पर्कमा जान भनेको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो । यसैगरी जिल्ला प्रशासन कार्यालयले फलेबास सहित १ कुस्मा, मोदी , जलजला र महाशिला गाउँपालिकामा गरि १ सय जना जति बिदेशबाट आएका नागरिकको पहिचान गरेको छ । सबै स्थानिय तहका वडा अध्यक्षलाई परिचालन गरि बिबरण संकलन गर्ने काम भैरहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो । उनीहरुको फोन नम्बर सहितको बिबरण संकलन गरेर स्वास्थ्यकर्मीको निगरानीमा राख्ने प्रयास भएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्