तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका पूर्व समाचार निर्देशक देउजाको निधन

काठमाडौं । रेडियो नेपालका पूर्व समाचार निर्देशक ध्रुवकुमार देउजाको ७८ वर्षको उमेरमा आज निधन भएको छ ।

लामो समय देखी नशा सम्बन्धी रोगबाट पीडित देउजा राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहनु भएको थियो ।

बिसं १९९९ पुस १६ गते काठमाडौंमा जन्मिनु भएका देउजाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button