निर्माणाधीन घरको पर्खालबाट लडेर एक जनाको मृत्यु
झापा । झापाको अर्जुनधारामा निर्माणाधीन घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान अर्जुनधारा नगरपालिका–४ बस्ने रणबहादुर बस्नेत आफ्नै निर्माणाधीन घरको दोस्रो तल्लाको पर्खालमा चढेर पानी लगाउने क्रममा लडेर गम्भीर घाइते भएकोमा उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्याएपछि मृत्यु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्