तपाईँ सुन्दै हुनुहुन्छः

इजरायलले गर्‍यो गाजामा हमला, ३४ जनाको मृत्यु, ७० घाइते

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ। यस हमलामा ३४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै हमासको क्याम्पलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ। रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीको उद्धृत गर्दै मध्य गाजाको देर अल बलाह क्षेत्रका तीन घरलाई इजरायली सेनाले निशाना बनाएको बताएको छ। यसै गरी खान युनिस र सफाहका भवनहरूमा पनि आक्रमण भएको छ।

गाजाको सिभिल डिफेन्स एजेन्सीले ३४ प्यालेस्टिनीको मृत्यु र ७० जनाभन्दा बढीको घाइते हुने जानकारी दिएको छ।

गाजामा सन् २०२५ को १९ जनवरीमा युद्धविराम लागू गरिएको थियो। पहिलो चरणको युद्धविराम १ मार्चमा समाप्त भएको थियो, र दोस्रो चरणको युद्धविरामको प्रयास भइरहेको समयमा इजरायलले हमास लक्षित आक्रमण गरेको हो।

बीबीसीका अनुसार, यो आक्रमणलाई युद्धविराम तोड्ने सबैभन्दा ठूलो हमला भनिएको छ।

इजरायलका प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इसराइल काट्जको निर्देशनमा मंगलबार बिहान गाजा क्षेत्रमा आक्रमण गरिएको हो।

विज्ञप्तिमा याे पनि उल्लेख गरिएको छ कि, “हमासले बन्दी रिहाइ गर्न इन्कार गरेकाले र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट काफ र अन्य मध्यस्थकर्ताहरूले राखेका प्रस्तावहरू नमानेकाले आक्रमण गरिएको हो।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button