तपाईँ सुन्दै हुनुहुन्छः

सूर्यमूखी खेती घट्दै

सुनसरी। सुनसरीमा केही वर्ष अघिसम्म बढ्दो क्रममा रहेको सूर्यमूखी खेतीमा यसपटक कमी आएको छ।

विभिन्न रोग र किराको प्रकोप बढेपछि किसानहरूले सूर्यमूखी खेती गर्न छाडेका छन्, जसको परिणाम स्वरूप खेती घटेको हाे।

जिल्लाको सदरमुकाम इनरुवा सहित दक्षिणी क्षेत्र हरिनगर, देवानञ्ज, बर्जु र गढीमा सूर्यमूखी खेतीमा कमी आएको छ भने लगाएको ठाउँमा पनि राम्रो उत्पादन नभएको किसान निरज यादवले गुनासो गर्नुभएको छ।

त्यसैगरी, उत्तरी क्षेत्र बराहक्षेत्र र रामधुनी नगरपालिकाका किसानहरूले सूर्यमूखी खेती गर्न छाडेका भोक्राहा नर्सिङका किसान राजेन्द्र मेहताले बताउनुभयो।

कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार, २ सय १ हेक्टर क्षेत्रफलमा सूर्यमूखी खेती भइरहेको थियो र वार्षिक २ सय ६४ मेट्रिक टन उत्पादन भइ रहेको थियो। तर यस वर्ष भने सूर्यमूखी खेतीको क्षेत्रफल घटेको छ।

हरिनगर गाउँपालिकाका कृषि प्राविधिक भुवनेश्वर यादवका अनुसार, बजारमा राम्रो प्रकारको बिउ नपाइने, विभिन्न रोग र किरा लाग्ने, र मौसमले साथ नदिने समस्याले गर्दा किसानले सूर्यमूखी खेती छाडेका छन्।

यादवका अनुसार, विगतमा दुई कट्ठादेखि चार विघा सम्ममा सूर्यमूखी खेती गरिएको थियो, तर अहिले केही किसानले पुरैखेती छोडेका छन् र केहीले केवल दुई चार कट्ठामा मात्र लगाएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button