काँग्रेस कोषाध्यक्ष श्रेष्ठलाई मातृ शोक
काठमाडौँ । नेपाली काँग्रेसका कोषाध्यक्ष एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृ शोक परेको छ । श्रेष्ठकी ८९ वर्षीया लीलादेवी श्रेष्ठको शुक्रवार काठमाडौँको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस पार्टी सचिवालयले जनाएको छ ।
उहाँको पार्थिव शरीरलाई आज दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
लीलादेवीको निधनमा काँग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्नुहुँदै दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्