डडेलधुराबाट एसइई परीक्षामा २ हजार ९ सय बढी सहभागी हुने
डडेल्धुरा । डडेल्धुरामा यो वर्ष एसइई परीक्षामा २ हजार ९ सय बढी परीक्षार्थीहरू सहभागी हुने भएका छन् ।

नियमित र ग्रेड वृद्धि गरेर २ हजार ९ सय ५३ जना परीक्षार्थीहरू एसइई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ डडेलधुराले जनाएको छ ।
आगामी चैत ७ गतेबाट सञ्चालन हुने एसइई परीक्षामा छात्र १३ सय ४७ र छात्रा १६ सय ६ जना गरि जम्मा २ हजार ९ सय ५३ जना परीक्षार्थीहरूले एसइई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक रमेश बहादुर जनालले जानकारी दिनुभयो । उहाँका अनुसार एसइई परीक्षाका लागि १३ वटा केन्द्र निर्धारण गरिएका छन् ।
जस अन्तर्गत महेन्द्र माध्यमिक विद्यालय खलङ्गा, असिग्राम माध्यमिक विद्यालय रुपाल, सहस्र लिङ्ग माध्यमिक विद्यालय चमडा, सिद्धनाथ माध्यमिक विद्यालय जयपुर जोगबुढा, भुवनेश्वरी माध्यमिक विद्यालय वडबसन्तपुर, गणेशपुर माध्यमिक विद्यालय बडाल, उग्रतारा माध्यमिक विद्यालय पोखरा, दुर्गालक्ष्मी माध्यमिक विद्यालय आलिताल, सिद्धनाथ माध्यमिक विद्यालय चन्दनी, भागेश्वर माध्यमिक विद्यालय कटाल, बैजनाथ माध्यमिक विद्यालय मौरडा, कृष्ण कालिका माध्यमिक विद्यालय भिमदत्तनगर रहेका छन् ।
प्राविधिक धारतर्फका परीक्षार्थीका लागि भने माउण्टेन इङ्लिस बोर्डिङ स्कुल डडेल्धुरा कायम गरिएको प्राविधिक सहायक जनालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्