संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मी तयार
पर्वत -पर्वतमा कोरोना संक्रमितको उपचारका लागि १४ जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ । उपचारमा चिकित्सकको अभाव नहोस भनेर स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर तयारी अवस्थामा राखिएको पर्वत अस्पतालले जनाएको छ । उपचार गर्नका लागि उच्च मनोबलका साथ पर्वतका स्वास्थ्यकर्मीहरु तैनाथी अवस्थामा रहेको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।
पर्वत जिल्ला अस्पतालमा १२ जना र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा १÷१ जना विशेषज्ञ डाक्टर तयारी अवस्थामा बसीरहेको डाक्टर देवकोटाले जानकारी दिनुभएको छ । कुश्मामा अस्थाई कोरोना अस्पताल सहित जिल्ला अस्पताल कुश्मा, ठुलिपोखरी प्राथमिक स्वास्थ्य केन्द्र र लुंख प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको व्यवस्था गरिएको छ ।
सरकारले उपलब्ध गराउनुपर्ने ब्यक्तिगत सुरक्षाका सामाग्रीहरुको अभाव रहेका कारण उपचारमा केहि समस्या देखिए पनि सवै स्वास्थ्यकर्मी उच्च मनोबलका साथ उपचारमा सग्लन्न हुने डा. देवकोटाले प्रतिबद्धता ब्यक्त गर्नुभयो । ब्यक्तिगत सुरक्षाका सामाग्रीहरु हालसम्म पनि सरकारबाट भने प्राप्त नभएको समेत जानकारी दिनुभयो ।
कोरोना उपचारका लागि कुश्मा नगरपालिका, जिल्ला अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सवै पालिकाहरुको सहयोगमा अस्थायी १५ शैयाको अस्पताल कुश्मामा तयार गरिएको छ । कोरोनाको आशंका गरिएका विरामी आएमा उनीहरुको उपचार सोहि अस्पतालबाट हुनेछ । अस्पतालमा भेन्टिलेटर सहितको सेवा प्रदान गर्ने तयारी गरिएको छ ।
विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीले सोहि अस्पतालमा बसेर विरामीहरुको उपचार गर्नेछन । त्यसका लागि डाक्टर र स्वास्थ्यकर्मीको लागि भान्सा घर समेत तयार गरिएको छ ।
गुप्तेश्वर बहुमुखी क्याम्पसमा उक्त अस्थायी अस्पतालको निर्माण गरिएको हो । अस्पतालमा विरामीका लागि छुट्टै भान्साको ब्यवस्थापन हुनेछ । आइसियूमा राख्नपर्ने बाहेकका सवै विरामीको उपचार सोहि अस्पतालबाट गरिने भएको छ ।
विरामीको एक्सरेका लागि नीजि क्लिनिक र जिल्ला अस्पतालको एक्सरे प्रयोग हुनेछ । कोरोनाको ल्याव परिक्षणका लागि नमुना संकलन गरी काठमाण्डांैं पठाउनका लागि एउटा गाडी तयारी अवस्थामा राखिएको छ । जिल्ला भरका एम्बुलेन्सलाई हाइहर्डटमा राखिएको डा. देवकोटाले जानकारी दिनुभयो । अस्थायी अस्पतालको सञ्चालनका लागि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समितिको समेत गठन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्