तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर गोल्डकप : नमो बुद्ध अन्तिम चारमा

पाँचथर । पाँचथरको फिदिममा सञ्चालन भइरहेको पाँचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई हराउँदै नमो बुद्ध सेमिफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलवार फिदिम मा.वि.को खेल मैदानमा सम्पन्न भएको अन्तिम क्वाटर फाइनल खेलमा नमो बुद्ध युथ फुटबल क्लब सप्तरीले नेपाल पुलिस क्लब काठमाडौँलाई ३–० गोल अन्तरले पराजित गर्दै नमो बुद्ध सेमिफाइनलमा पुगेको हो ।

नमो बुद्धका लागी एलेक्स विइलियनले २ र दिपेश राईले १ गोल गरे । खेलको म्यान अफ द म्याच नमो बुद्धका एलेक्स विइलियन हुँदै नगद ७ हजार  ५ सय रुपैयाँ प्राप्त गरे ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा इन्ट्र पथरी ११ मोरङ र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबिच प्रतिस्पर्धा हुनेछ ।

पाँचथर क्लबको आयोजनामा चैत्र २ सम्म हुने प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button