अमेरिकी डलरको मूल्यमा २ रुपैयाँले बृद्धी

काठमाडौं । अमेरिकी डलरको मूल्य मंगलवार एकै दिनमा करिब २ रुपैयाँले बढेको छ । मंगलबार एक डलरको खरिद दर १ सय २२ रुपैयाँ ३४ पैसा पुगेको छ । सोमबार एक अमेरिकी डलर खरिद गर्न १ सय २० रुपैयाँ ६० पैसा खर्चिनु परेको थियो ।
यो सँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले डलरको तुलनामा भारु कमजोर हुँदा नेपाली मुद्रा पनि स्वतः कमजोर हुने गरेको छ । अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्ने र विदेशी सामानहरू नेपालीका निम्ति महँगो हुन पुग्छन् ।








प्रतिक्रिया राख्नुहोस्