राष्ट्रिय ह्यान्डबल प्रतियोगिता चैत्र ३ गतेदेखि हुने
पोखरा । प्रथम पोखरा कप पुरुष राष्ट्रिय ह्यान्डबल प्रतियोगिता आउँदो चैत्र ३ गते देखि पोखरामा हुने भएको छ ।
गण्डकी प्रदेश ह्यान्डबल सङ्घको आयोजनामा तथा प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा उक्त प्रतियोगिता हुन लागेको हो ।
५ गते सम्म सञ्चालन हुने प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको साढे २ वर्ष पछि उक्त प्रतियोगिता हुन लागेको हो ।
गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष केशव पाठकले सहभागिताका लागि सात प्रदेश र विभागीय टोलीलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्