तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

जिल्लाको सियारी गाउँपालिका–६ सर्जुगंजस्थित सडकमा सर्जुगंजदेखि अमुवातर्फ जाँदै गरेको लु.६३प ६०४६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक सियारी गाउँपालिका–६ सर्जुगंज बस्ने ५० वर्षीय दुर्गा बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी रूपन्देहीकै रोहिणी गाउँपालिका–३ परासीझुंगास्थित सडकमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु.९२प ८२४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सियारी गाउँपालिका–४ छपिया बस्ने ५० वर्षीय रामअधारे रायको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button